• २४ भदौ २०८२, मङ्गलबार

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

blog

छविलाल पाण्डे 
बुटवल, भदौ २४ गते ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलबार बिहान  ९ः३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले जारी गरेको सूचनामा  मङ्गलबार सुरक्षा अवस्थालाई मध्यनजर गरी बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

यसअघि सोमबार रुपन्देहीका विभिन्न स्थानमा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासनको सूचनामा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।