बाजुराको सेरा, आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैनसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम अझै पूरा भएको छैन । करिब पाँच वर्षअघि सुरु भएको काम २०७९ सालमा सम्पन्न गर्ने योजना थियो तर त्यो अझै पूरा भएको छैन ।
विश्वमा क्षेत्रीय सहयोगको संस्कृति तथा प्रवर्धन पछिल्लो युगको सबैभन्दा सफल कूटनीतिक अभ्यास हुँदै गएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा गोठसहित सात सय कुखुरा जलेर नष्ट भएपछि मालिका गाउँपालिका–६ अर्जेका कमल अर्याल विक्षिप्त हुनुहुन्छ । परदेश छोडेर गाउँमै व्यवसायीक बन्ने सपना उहाँको मध्ये रातमा लागेको आगलागीले तुहियो ।
अहिले नेपाल सरकारको अर्थ मन्त्रालय तथा सम्बन्धित निकाय आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियामा व्यस्त छन् ।
शिक्षा क्षेत्रमा एसइईको विशेष महत्व छ ।
अन्तर्राष्ट्रिय मञ्चमा राज्यका उच्च पदस्थ व्यक्तिको सहभागिता, संवाद, सम्बोधन र उच्चस्तरीय समन्वयले नेपालमा जलवायु परिवर्तनले निम्त्याएका सङ्कटको न्यूनीकरण र उचित न्यायको पहलकदमी, खबरदारी र हकको आवाज पछिल्लो समय मुखरित हुँदै गएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज पर्ती बजारमा आधारभूत अस्पताल अलपत्र परेको छ । सञ्चालन गर्ने स्रोत नहुँदा अघिल्लो जनप्रतिनिधिको कार्यकालमै निर्माण सम्पन्न भएको अस्पताल भवन अझै सञ्चालनमा आउन सकेको छैन ।
अपाङ्गताको विषयलाई सतही पाराले बुझ्ने, बुझाउने र अर्थ लगाउनेहरूको हाम्रो समाजमा कुनै कमी छैन ।
कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन भएका चिनियाँ नागरिकको शव काठमाडौं लगिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको छ । चैत शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवम् दर्शन गर्ने परम्परा रहिआएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।
म्यानमारमा एक हप्तामा २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ ।
तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने मेसिन), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटरलगायतका कृषि औजार वितरण गरेको छ ।
दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको हो ।