नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ।
साँझपख न्युरोड क्षेत्रमा आन्दोलनको प्रभाव परेको हो। मुलसडकमा ढुंगामुढा भएपछि व्यापारीले सबै सटर बन्द गरेका छन्। केही समय बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सोमबार गाजाबारे इजरायली अधिकारीहरूले गरेको ‘नरसंहारको बयानबाजी’ प्रति कडा चेतावनी दिँदै त्यसको अन्त्यका लागि निर्णायक अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द-ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले थारू आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार डा. चौधरीले थारु आयोगको ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्यबाट भदौ २२ गते राजीनामा दिनुभएको थियो ।
नेपाल चिकित्सक संघले संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गरेको छ। संघका महासचिव डा. सन्जिब तिवारीले प्रेस विज्ञप्ति निकाल्दै सरकारलाई संयमताका साथ अस्वाभाविक घटना नियन्त्रण गर्न अपिल गर्नुभएको हो।
युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिनुभएको छ ।
जेनजी पुस्ताको प्रदर्शन तनावग्रस्त स्थितिमा पुगेपछि समाचार संकलनका क्रममा त्यहाँ रहेका चार जना पत्रकार घाइते भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार घाइते पत्रकारको अस्पतालमा उपचार भइरहेको छ ।
जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्नु हुनेभएको छ ।
बुटवलदेखि भैरहवा क्षेत्रभित्र सोमबार अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यू जारी भएको छ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका दुई जना उत्कृष्ट विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार-२०८२ प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन जी’ प्रदर्शन कसको नेतृत्वमा भइरहेको विषय प्रष्ट नआएको बताएको छ।
काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहप्रायोजन सहयोग गर्ने भएको छ ।