• २३ भदौ २०८२, सोमबार

जेनजीको प्रदर्शनले नयाँ सडकमा तनाव (फोटो फिचर)

blog

न्युरोड क्षेत्रमा देखिएको तनाव। तस्बिरः केशब गुरुङ

काठमाडौँ, भदौ  २३ गते। जेनजीको प्रदर्शनले सोमबार काठमाडौँको जनजीवन अस्तव्यस्त बनेको छ।  सुरुमा नयाँ बानेश्वरबाट चर्किएको आन्दोलन सहरका अधिकांश ठाउँमा पुगेको छ।  नयाँ सडकमासमेत ढुंगामुढा र तोडफोड भएको छ।  

सोमबार  बिहान माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो।  नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। त्यसको प्रभाव साँझपख न्युरोड क्षेत्रमा परेको हो।  मुलसडकमा ढुंगामुढा भएपछि व्यापारीले सबै सटर बन्द गरेका छन्।  केही समय बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।