काठमाडौँ, भदौ २३ गते । जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्नु हुनेभएको छ ।
सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा मुकेशले एक हजार पाँच सय मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । उक्त स्पर्धामा मुकेशकै नाममा तीन मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो ।
विष्ट पनि अफिसियलका रुपमा जापान जानुहुनेछ । त्यस्तै सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमै हुने विश्व कंग्रेसमा एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुनुहुनेछ । तीन सदस्यीय नेपाली एथलेटिक्स टोली मङ्गलबार जापान प्रस्थान गर्नेछ ।
टोलीलाई साोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले बिदाइ गर्नुभयो ।