काठमाडौँ, भदौ २३ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहप्रायोजन सहयोग गर्ने भएको छ ।
प्रायोजन सम्बन्धी सम्झौता पत्रमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालि (केल्मी स्पोर्ट्स नेपाल) का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गर्नुभयो ।
अवार्ड कार्यक्रम भदौ २९ गते पोखरामा हुने छ । अवार्डमा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दि इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा समावेश छ ।
पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउने छन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपियाँ प्रदान गरिने छ ।