केपी ओली कप राष्ट्रिय खुला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौँडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।
बर्दियामा नेपालकै प्रथम खो-खो लिग प्रतियोगिता सुरु भएको छ । खो खो खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।
ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तनहुँको भिमाद नगरपालिका–५ स्थित पर्यटकीय गाउँ मिर्छुलुङमा सांस्कृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग भएको सम्झौता तोडेको बताउनुभएको छ। अझै पनि संविधान विरोधी गतिविधि गरिरहे सरकारले कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो।
लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।
नयाँ शैक्षिक सत्र २०८२÷०८३ सुरु हुन अगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
आइतबार कागबेनीमा रामनवमीका दिन आफ्ना पितृ उद्वारका लागि श्राद्व गर्न लागेको भिड
किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार कवि तथा समालोचक डा. टंक पन्थलाई प्रदान गरिने भएको छ।
ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो।
चैते दशैँ मेलाका अवसरमा आइतबार सुन्दरबजार नगरपालिका–११ ऐतिहासिक तुर्लुङकोटमा छेलो प्रतियोगिता गरिँदै।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुझाइएको छ।
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर, रमाना क्षेत्रमा गहुँ काट्दै गरेका स्थानीय किसान। यतिखेर दाङका खेतबारीहरूमा गहुँ काट्ने र भित्र्याउने चटारो चलिरहेको छ।
राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गर्नुभएको छ ।
चैत्राष्टमी मेलाको अवसरमा कालिका बालउद्यान बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र जैमिनी नगरपालिका खेल्ने भएका छन् ।