अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।
सिँचाइ विकासको सुरुवात मानव सभ्यता उत्पादन प्रणालीमा गएसँगै भएको मानिन्छ ।
प्राध्यापक, चलचित्र समीक्षक तथा सम्पादक डा. रिता दत्ता अन्तर्राष्ट्रिय चलचित्र समीक्षक सङ्घको सदस्य हुनुहुन्छ ।
सिर्जना उत्सवमा ठाडीभाका प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुमपश्चिमको सहआयोजनामा भएको सिर्जना उत्सवको पहिलो सत्रमा त्रिवेणी गाउँपालिकाको सहिद स्मृति भवनमा मौलिक ठाडीभाका घन्किएको हो ।
चलचित्र ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
रमा–कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभालाई एक समारोहबिच सम्मानित तथा पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा. वासुदेव त्रिपाठीले उहाँहरूलाई २०८० र २०८१ सालको सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
कालीकोटको महावै गाउँपालिकामा सम्पन्न विषेशज्ञ स्वास्थ्य शिविरबाट छ सयभन्दा बढी स्थानीय नागरिकले सेवा लिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ वन मौरीको टोकाइबाट पाँच जना घाइते भएका हुन् । आइतबार साँझ ६ बजेतिर बाटो हिँड्ने क्रममा मौरीले टोक्दा घाइते भएको प्रहरीले जनाएको हो ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सवारीसाधनका व्यवसायीहरूका संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै दर्ता भएको सोही क्षेत्रको संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्राक्चर्स एसोसिएसन (नाइमा) बिच अटोमोबाइलका क्षेत्रमा आपसी समन्वय र सहकार्य गर्ने समझदारी भएको छ ।
मुगुमा चैत लागेसँगै मुगुको ग्रामीण क्षेत्रका किसानलाई कोदो बालीमा भेडाबाख्रा दौडाउन थालिएको छ । उत्पादन राम्रो हुने भन्दै कोदोको बिउ छरेको दिन भेडाबाख्रा दौडाउने गरिएको हो ।
रामपुर नगरपालिका–५ का सुशील ढुङ्गानाले विगतमा उत्पादन भएको आलु खन्नासाथ बिक्री गर्दै आउनुभएको थियो । पछिल्लो समय उत्पादन भएको आलु बेमौसममा राम्रो मूल्यमा बिक्री गर्दै आउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तरकारी, फलफूल तथा खाद्यवस्तुमा गरिने आफ्नो परीक्षणलाई भारतले मान्यता दिने निर्णय गरेको जनाएको छ ।