सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
शनिबार बेलुकादेखि परेको अविरल वर्षा पछिको बाढीले हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक अवरुद्ध हुनुका साथै एउटा गाडी र केही घरहरूमा पनि क्षति पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खांदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको बताउनुभएको छ ।
नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताउनुभएको छ।
हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
झण्डै दुई दशकअघि राष्ट्रलाई एक हजार मूर्ति निर्माण गरी उपहार स्वरूप सुम्पने घोषणा गर्नु भएका मोरङ, उर्लाबारी–६ का मूर्तिकार मञ्जुल मितेरीले आफ्नो अभियान १८ वर्षभित्र पूरा गर्न सक्नु भएन । उहाँ अझै थाक्नु भएको छैन ।
‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
हुप्सेकोट गाउँपालिकाले पालिकाभित्र छोरी जन्मेपछि पाँच हजार रकम सहितको बैङ्क खाता उपहार दिने गरेको छ । छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि यो अभियान सुरु गरिएको हो ।
नागार्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र ०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बा प्र ०२–०१७ प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।