यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको मेहनत र परिश्रमबाट चिनोका रूपमा रहेका राष्ट्रिय सम्पदा संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।
भुटानका राजनीतिक बन्दीलाई गरिएको दुव्र्यवहारको अन्तर्राष्ट्रिय क्षेत्रमा चर्को विरोध भएको छ ।
असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।
हरिनास गाउँपालिका–४, राम्चेका २० घरधुरीले बिहानको खाना जङ्गलको एउटै भान्सामा खान थालेको दुई महिना भयो । उनीहरूले खाना मात्रै सँगै खाएका छैनन्, उत्पादनसँग जोडिन रोदीबारी जङ्गल फँडानी गरेर १४० रोपनी जमिनमा सामूहिक अदुवा रोप्न थालेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका चर्चित कवि तथा समालोचक डा. टंक पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
मकै पकेट क्षेत्र घोषणा भएलगत्तै नवलपरासीस्थित सुनवल नगरपालिका वडा ३ ले कृषकलाई अनुदानमा मकैको कृषि औजार वितरण गरेको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।
नवलपरासी पश्चिमका किसानहरुलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् ।
विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ ।
पाँचथर उद्योग बाणिज्य संघको नया नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा नौ सय ६२ जनाले मतदान गरेका छन ।
हिन्दू धर्मावलम्बीको चैते दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। आज डेढसय बढिले जिब्रो छेडेका छन् ।
तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ।
मोबाइल व्यवसायमा संलग्न युवाको पेसागत संगठन नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा रघु त्रिपाठी निर्वाचित हुनुभएको छ।