तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ देखिएको व्यास नगरपालिका–१, भादगाउँ र आसपासको क्षेत्र ।
ओखलढुङ्गामा अकबरे खुर्सानीमा रोग–किराको महामारी फैलिँदा किसान चिन्तित भएका छन् । विशेषगरी मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका किसानले व्यावसायिक तरिकाले लगाएको अकबरे खुर्सानीमा ‘एन्थ्राक्नोज’ रोग र फल कुहाउने किराको संक्रमण देखिएको हो ।
मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी आइतबार सूचीकरणपछि सक्रिय भएको जानकारी गराएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक जना अशक्त र एक वृद्ध दम्पत्तिलाई आइतबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाअधिकारीहरुले पछिल्लो गतिबिधिका बारे जानकारी गराईएको छ ।
लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन ।
जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङ्टार-२, डाडाँझेरी मथारकी ६५ वर्षीय डोलीमाया रानाभाट पानी बोकेर खान पर्ने भएपछि गाउँ नै छाडेर मधेश झरेको बताउनुहुन्छ ।
नेपालले चीनमा २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज २२ औँ निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौँ स्पाइकर्सले पहिलो जित निकालेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ।
मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जनता प्रति उतरदायी भएर सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङ उपनिर्वाचनका लागि उम्मेदवारी तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।