कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो ।
थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्ला भित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न चार समुह बनाएको छ ।
याँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा किताब पुर्याउन सुरु गरेको छ ।
विसं २०७९ चैत १ गतेदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ ।
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।
नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटबल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको नवदुर्गा देवगणको ‘ङालाकेग (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्साउने जात्रा हो ।
कर्णाली प्रदेशकै ठुलो रारा तालमा आउने विदेशी पर्यटकको सुरक्षाका लागि जिल्लाको ताल्चा विमानस्थल नजिकै अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको छ ।
जाजरकोट प्रहरीले पहाडी भेगमा अफिम खेती गरेको पत्ता लगाएर नष्ट गरेको छ । आइतबार जाजरकोटको नलगाड नगरपालिका–१ खौला गाउँमा अवैध रूपमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ ।