सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ः१५ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी दिनुहुने छ ।
सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पादन गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।
शनिबार साँझ सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।
हिन्दु मधेसी समुदायका महिलाहरुले आफ्ना छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा धुमधामका साथ तीन छठ्ठी पर्व मनाएका छन् ।
व्यास नगरपालिकाले खेर गइरहेको फोहाेर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो ।
मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) (२०७२/०७३)मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/०८१मा १० अर्ब दुई करोड युनिट पुगेको छ ।
नेपालगन्ज उपहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन सुरु गरेको छ ।
पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।
सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको खोर खोलामा गुडिरहेको मोटरसाइकलमा ढुङगा खस्दा एक जना घाइते हुनु भएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका विषयलाई गम्भीररूपमा राख्ने बताएको छ ।
खुला सिमानाका कारण सीमा नाकाबाट भइरहेको मानव तस्करी रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाले समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दै छ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज राजधानीमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।