नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खांदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको बताउनुभएको छ ।
नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताउनुभएको छ।
हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
झण्डै दुई दशकअघि राष्ट्रलाई एक हजार मूर्ति निर्माण गरी उपहार स्वरूप सुम्पने घोषणा गर्नु भएका मोरङ, उर्लाबारी–६ का मूर्तिकार मञ्जुल मितेरीले आफ्नो अभियान १८ वर्षभित्र पूरा गर्न सक्नु भएन । उहाँ अझै थाक्नु भएको छैन ।
‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
हुप्सेकोट गाउँपालिकाले पालिकाभित्र छोरी जन्मेपछि पाँच हजार रकम सहितको बैङ्क खाता उपहार दिने गरेको छ । छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि यो अभियान सुरु गरिएको हो ।
नागार्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र ०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बा प्र ०२–०१७ प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।
जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् ।