• २२ भदौ २०८२, आइतबार

भलिबल लिगमा काठमाडौँको पहिलो जित

blog

स्कोर गरेपछि काठमाडौँ स्पाइकर्सका खेलाडी ।

काठमाडौँ, भदौ २२ गते । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौँ स्पाइकर्सले पहिलो जित निकालेको छ । 

पोखरा रङ्गशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३–१ को सेटमा हरायो ।

काठमाडौँले २६–२४, २३–२५, २५–२२, २५–१९ को जित निकालेको हो । यसअघि काठमाडौँले ललितपुर क्विन्ससँग हार खेपेको थियो ।

मधेश ललितपुरसँग पराजित भएको थियो भने पोखरा निन्जाजलाई हराएको थियो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।