अर्थतन्त्र सुधारको बाटोमा गएको हो ? यो प्रश्नले यताका दिनमा बहस ल्याउन थालेको छ । कतिपयलाई लाग्छ, अर्थतन्त्रले गति लिन सकेको छैन । अर्थतन्त्रले गति लिन थालेको हो भने त आय, उत्पादन र रोजगारीमा प्रत्यक्ष प्रभाव देखाउन थाल्छ । अहिले पनि दैनिक दुई तीन हजार युवा बिदेसिने क्रम जारी नै छ । बिदेसिन क्रम नरोकिए
यतिखेर सुदूरपश्चिमका नरनारी गौरा पर्वको आगमनको पर्खाइमा बसेका छन् । गौरा त्यस क्षेत्रको मौलिक र ऐतिहासिक पर्व हो । भदौ महिनामा पर्ने गौरा नारी प्रधान पर्व भएकाले यस बेला पुरुषभन्दा महिला बेफुर्सदिला हुन्छन्, । एकातिर खेतको साँउ (धानको बोट जस्तै घाँस) निकाल्नु, स्याउली सोत्तर गर्नु, अर्कोतिर गौरा माताको आगमनका लागि घर छिप्नु (पोत्नु) जस्ता काममा उनीहरू व्यस्त देखिन्छन् । बिसु पर्व (नयाँ वर्षको पहिलो दिन) मा रातो माटो र कमेरोले लिपपोत गरेको
गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
थारू समुदायमा धुम्रानाचको सांस्कृतिक महत्व छ । समुदायको धार्मिक चित्रण, समुदाय र पारिवारिक एकता र परदेसिएका श्रीमान्सँगको बिछोड, प्रकृति जस्ता विषयलाई आधार बनाएर धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदङ्गिया, झाइल वादक र गबैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गर्ने कार्य थालिएको छ ।
दोलखामा भैरव कुमारी जात्रा मनाइएको छ । सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्ठीसम्म पाँच रात मनाउने चलन रहेको छ । भैरव कुमारी जात्रामा भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ । बाजागाजासहित देवी भगवतीको बलि पूजा गरिन्छ । घण्टाकर्णलाई देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा फ्याँकिन्छ । त्यसरी घण्टाकर्ण फ्याक्न लैजाँदा बाजागाजासहित लगिन्छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ ।
खोटाङको दिक्तेल बजारमा सामाजिक गुठीले दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानीलगायत ठाउँका लाखे टोली झिकाएर लाखेनाच प्रदर्शन गरेको छ । किराँत चोकबाट सुरु भएको लाखेनाच बेसक्याम्प, त्रिवेणी चोक, शङ्खधर साख्वा चोकहुँदै हाटडाँडा पुगेर समापन गरिएको थियो । नेवारी वेशभूषामा सजिएका नेवार समुदायले दिक्तेल बजारमा शनिबार लाखे नृत्य प्रस्तुत गरेका हुन् । दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठका अनुसार समुदाय मिलेर मात्रै यस्ता संस्कृति जोगाउन सकिन्छ ।
झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बन्नुभएको छ । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश बस्ने २८ वर्षका विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्यटकीय नगरी सौराहा क्षेत्रमा केही दिनदेखि दुर्लभ जलचर ‘डल्फिन’ देखिन थालेको छ । नारायणी नदीको मेघौलीमा धेरै वर्षपछि गत वर्ष एक पटक डल्फिन देखिएको थियो तर सौराहाको राप्ती नदीमा पहिलो पटक खेल्दै गरेको अवस्थामा देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारीसमेत दिनुभएको छ ।
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा संसद्को सार्वजनिक लेखा समिति अनिर्णीत बनेको छ । आइतबार समितिको बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले राखेको निर्णय प्रस्तावमा सदस्य सांसदले असहमति जनाएपछि बैठक अनिर्णीत बनेको हो । सभापतिले पोखरेलले डेडिकेटेड र ट्रङ्कलाइन महसुलको प्रिमियमबापत २१ अर्ब ८४ करोड रुपियाँ हालसम्म असुल गर्न नसकेकोमा सम्बन्धित निकायका अधिकारीलाई कारबाही सिफारिस गर्ने प्रस्ताव गर्नुभएको थियो ।
मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणाले बढेको देखिएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत छ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताउनुभएको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।