• १६ भदौ २०८१, आइतबार

दिक्तेलमा नचाइयो लाखे

blog

दिक्तेल बजारमा प्रदर्शन गरिएको लाखे ।

खोटाङ समाचारदाता

खोटाङ, भदौ १० गते ।  खोटाङको दिक्तेल बजारमा सामाजिक गुठीले दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानीलगायत ठाउँका लाखे टोली झिकाएर लाखेनाच प्रदर्शन गरेको छ ।

किराँत चोकबाट सुरु भएको लाखेनाच बेसक्याम्प, त्रिवेणी चोक, शङ्खधर साख्वा चोकहुँदै हाटडाँडा पुगेर समापन गरिएको थियो । नेवारी वेशभूषामा सजिएका नेवार समुदायले दिक्तेल बजारमा शनिबार लाखे नृत्य प्रस्तुत गरेका हुन् । दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठका अनुसार समुदाय मिलेर मात्रै यस्ता संस्कृति जोगाउन सकिन्छ ।