• ३० वैशाख २०८२, मङ्गलबार

रारा गोल्डकपमा एलएक्स सिटी विजयी

blog

बल अगाडि बढाउँदै खेलाडी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे

हिले, वैशाख ३० गते । एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मङ्गलबार भएको खेलमा एलएक्स सिटीले डाँडा वजार फुटबल क्लब धनकुटालाई २–० गोल अन्तरले पराजित गरेको हो । 

छैठौँ मिनेटमा अभिषेक ठकुरीले पहिलो गोल गर्नुभयो । त्यस्तै ५१औँ मिनेटमा सिटीको लागि अरुण तामाङले दास्रो गोल गर्नुभयो ।  खेलको म्यान अफ दी म्याच एलएक्स सिटीका प्रदिप लामा हुनुभयो । 

उहाँले ७ हजार ५ सय रुपियाँ पुरस्कार पाउनु भएको छ । प्रतियोगिताको बुधबार साविक विजेता सहलेश क्लव सिराहाले झापाको बिर्तामोड युनाइटेडको सामना गर्नेछ । 

जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछ ।