• १६ भदौ २०८१, आइतबार

धुम्रानाच खोज्दै गाउँतिर

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, भदौ १० गते  । थारू समुदायमा धुम्रानाचको सांस्कृतिक महत्व छ । समुदायको धार्मिक चित्रण, समुदाय र पारिवारिक एकता र परदेसिएका श्रीमान्सँगको बिछोड, प्रकृति जस्ता विषयलाई आधार बनाएर धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदङ्गिया, झाइल वादक र गबैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गर्ने कार्य थालिएको छ ।

धुम्रानाचसम्बन्धी गीतको सङ्कलन गरी त्यसलाई छायाङ्कन थालिएको हो । रामधुनी नगरपालिका–१, डुमैरियाका थारू अग्रजबाट संस्कृतिमा आधारित शब्द सङ्कलन गरी गीत तयार पारिएको छ । सो गीतमा अनुमा चौधरी, सिर्जना चौधरी र रञ्जना चौधरीले स्वर दिनुभएको छ । सङ्गीत संयोजन गणेश चौधरीले गर्नुभएको छ । म्युजिक भिडियोको निर्देशन श्रवण चौधरीले गर्नुभएको छ । नृत्य कोरियोग्राफी शिव चौधरीले गर्नुभएको छ ।