डा. गोविन्द बोल श्रेष्ठको नेपाल भाषा र अङ्ग्रेजी भाषाको पुस्तक ‘नेवाल व नेपाल’ सार्वजनिक भएको छ । उक्त पुस्तक एक कार्यक्रमबिच नेपाल भाषा एकेडेमीका संरक्षक यज्ञरत्न धाख्वाः ले सार्वजनिक गर्नुभएको हो ।
जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गायक राज सिग्देलको एकल गजल समारोहको आयोजना गरिएको छ । विम्ब आटर्स प्रालिको प्रस्तुति तथा आयोजनामा गायक राज सिग्देलको गजल गायन समारोह शनिबार राजधानीमा “विम्ब उत्सव” शीर्षकमा सम्पन्न भएको हो ।
पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएको छ । यससँगै मौलिक संस्कृति संरक्षणमा युवापुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको छ । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुट्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको छ तर पछिल्लो समय लमजुङका गाउँघरमा यो संस्कृति ओझेलमा मात्र परेको छैन, बिस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।
ताप्लेजुङको सुकेटारमा छैटौँ वज्रगुरु मन्त्रजप पूजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि आयोजना गरिएको तीनदिने धार्मिक पूजा वज्रगुरु मन्त्रजप शनिबारदेखि सुरु भएको हो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
अर्थतन्त्र बलियो बनाउन र व्यापार घाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाले बताएका छन् ।
राजस्व बाँडफाँट अन्तर्गत कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट १० अर्ब रुपियाँभन्दा बढी अनुदान पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व बाँडफाँटबापत प्रदेशले अनुमानित १० अर्ब २७ करोड ३० लाख रुपियाँ पाउने भएको हो ।
चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
नेपालले गर्ने खाद्य वस्तु तथा जडीबुटी परीक्षणलाई भारतले पारस्परिक मान्यता दिएको छ । यसअघि खाद्यवस्तुको गुणस्तर प्रमाणीकरणका लागि भारत जानुपर्ने बाध्यकारी अवस्था रहेकोमा अब अन्त्य भएको छ ।
अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ । आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।