• २४ भदौ २०८२, मङ्गलबार

जोखिमपूर्ण यात्रा

blog

बाजुरा समाचारदाता 

बाजुरा, भदौ २४ गते । बाजुराका अधिकांश स्थानीय खोलामा बनाइएका काठेपुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ठुला खोलामा झोलुङ्गे पुलबाट आउजाउ गर्न सहज भए पनि साना खोलामा पुलको व्यवस्था नहुँदा बर्खाको समय उनीहरूलाई काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको हो । खोलामा पक्की पुल नहुँदा बर्खाको समयमा त्यहाँ रहेका काठेपुलमा जोखिमपूर्ण यात्रा गर्नु परेको खप्तडछेडेदह गाउँपालिका–३ का जकन विकले बताउनुभयो ।