काठमाडौँ, वैशाख २६ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३० पैसा र बिक्रीदर १०६ रुपियाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपियाँ ८२ पैसा र बिक्रीदर १९४ रुपियाँ ९५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा र बिक्रीदर १०९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ५६ पैसा र बिक्रीदर ११० रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १ पैसा र बिक्रीदर ११९ रुपियाँ ४९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ १८ पैसा र बिक्रीदर २२ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ २२ पैसा र बिक्रीदर ४० रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४१ पैसा र बिक्रीदर ४१ रुपियाँ ५८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८ पैसा र बिक्रीदर ४१ रुपियाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दस २९ पैसा र बिक्रीदर १० रुपियाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३९ पैसा र बिक्रीदर १६ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७६ पैसा र बिक्रीदर २३ रुपियाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपियाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपियाँ ४५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस