• २४ भदौ २०८२, मङ्गलबार

धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

blog

निराजन परियार

चौमाला (कैलाली), भदौ २४ गते । धनगढीमा मङ्गलबार दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । 

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो । 

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो ।