• १० पुस २०८२, बिहिबार

१६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

blog

काठमाडौँ, भदौ २४ गते। सोमबार देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनमा मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सोमबार मृत्यु भएका १६  शव पोस्टमार्टमका लागि अस्पताल पुराइएको छ।

उहाँ भन्नुहुन्छ, ‘‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन् ।’’

डा. चौधरीका अनुसार हालसम्म पोस्टमार्टम प्रक्रिया सुरू भएको छैन । घटना भएको प्रहरी प्रशासनले पोस्टमार्टम गर्नका लागि पत्र नदिएसम्म  पोस्टमार्टम  सुरु गर्न नमिल्ने  डा चौधरीको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘‘अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । पत्र आएपछि मात्रै पोस्टमार्टमको प्रक्रिया सुरु हुन्छ ।’

सोमबार जेनजी प्रर्दशनका कारण चार सय भन्दा बढी घाइते  हुनुका साथै १९ जनाको मृत्यु भएको थियो ।