• २४ भदौ २०८२, मङ्गलबार

मधेश प्रदेश सभामा प्रदर्शनकारीको तोडफोड र आगजनी

blog

मधेश प्रदेश सभा भवनमा आगजनी ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, भदौ २४ गते । मधेश प्रदेश सभाको प्रशासनिक भवनमा मङ्गलबार प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रदेशसभाको गेट तथा भित्ता तोड्दै कार्यालयभित्र आगो लगाएका थिए । यसअघि एमाले नेता रघुवीर महासेठको घरमा र नेपाली कांग्रेसको धनुषा जिल्ला पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् ।

यस्तै भौतिक पूर्वाधार मन्त्रालयको कार्यालयमा पनि तोडफोड गरेका छन् ।