काठमाडौँ, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुुभएको छ ।
“उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’’, प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछुु ’’ अपिलमा भन्नुभएको छ ।