• २४ भदौ २०८२, मङ्गलबार

मैत्रीपूर्ण खेल स्थगित भएपछि स्वदेश फर्कदै बङ्गलादेश फुटबल टोली

blog

बङ्गलादेशका खेलाडी ।

काठमाडौँ, भदौ २४ गते । नेपाल र बङ्गलादेशबिच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँर्गै बङ्गलादेश फुटबल टोली आजै स्वदेश फर्कने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबारनै सुरक्षाका कारण खेल स्थगित गरेको थियो । बङ्गलदेश टोली साँझ ४:०० बजे स्वदेश फर्कने तय भएको छ ।

यसअघि दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।