राममणि दाहाल
मकवानपुर, भदौ २४ गते । आन्दोलनकारीहरुले बागमती प्रदेशको चारवटा मन्त्रालयमा आगजनी गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका १ चौकीटोलस्थित प्रदेशका मन्त्रालयहरुमा प्रदर्शनीकारीहरुले मंगलबार दिउँसो आगजनी गरेका हुन् ।
खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा आगजनी गरेका हुन् । चार वटै मन्त्रालय एउटै भजनमा रहेका थिए ।
मन्त्रालयसँगै रहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडा कार्यालयमा समेत आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयल मकवानपुरले कफ्र्यु आदेश जारी गरेपछि प्रदर्शनीकारीहरुले आगजनी गरेका हुन् ।