• २४ भदौ २०८२, मङ्गलबार

नेपालगन्जमा युवाको प्रदर्शन

blog

जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिँदै युवा। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २४ गते। बाँके जिल्लाको सदरमुकाम नेपालगन्जसहित कोहलपुर र खजुरा लगायतका विभिन्न बजारहरुमा मंगलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रदर्शन भइरहेको छ। 

प्रदर्शनकारीले बिहानैबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन् भने नेपालगन्ज उपमहानगर पालिकाको घेराउ गरेर नाराबाजी गरिरहेका छन्। जेन जी प्रदर्शनकारीले नेपालगन्जको यातायात पूर्ण रुपमा ठप्प पारेका छन्। 

सोही क्रममा एमाले र कांग्रेस बाँकेको पार्टी कार्यालयमा आगो लगाएका छन्। पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक तोडफोड गरेर ध्वस्त बनाइदिएका छन्।