• २५ भदौ २०८२, बुधबार

झापा एफसी राष्ट्रिय महिला लिगमा छनोट

blog

झापा एफसीका खेलाडी ।

काठमाडौँ, भदौ २५ गते । झापा एफसी एन्फा राष्ट्रिय महिला लिगमा छनोट भएको छ । प्लेअफ खेलमा राप्ती फुटबल क्लबलाई १–० गोलले हराउँदै झापा लिगका लागि छनोट भएको हो । 

झापाको जितमा रेखा विष्टले इन्जुरी समयमा निर्णायक गोल गर्नुभएको थियो । झापाले समूह ‘बी’ मा तेस्रो बन्दै प्लेअफ खेल्ने मौका पाएको थियो । राप्ती समूह ‘ए’ मा तेस्रो हुँदै प्लेअफमा पुगेको थियो ।

यसअघि नै चर्च ब्वाइज युनाइटेड, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, संकटा क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय महिला लिगमा स्थान बनाईसकेका थिए ।

अब यी पाँचसहित नेपाल एपिएफ क्लब,नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती युवा क्लब र वालिङ नगरपालिका गरी १० टोलीबिच राष्ट्रिय महिला लिग हुनेछ ।