काठमाडौँ, भदौ २५ गते । नेपाल ताजकास्तिानमा जारी एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा जितविहीन बन्दै बाहिरिएको छ ।
दुशान्बेस्थित पामिर रङ्गशालामा मङ्गलबार राति भएको समूहको अन्तिम तथा तेस्रो खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलले पराजित भयो ।
समूह ‘के’ अन्तर्गत नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० र दोस्रो खेलमा सिरियासँग ४–२ गोलले पराजित भएको थियो ।
एकपक्षीय खेलमा फिलिपिन्सले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । फिलिपिन्सलाई जिताउन ओटु बोनोटाउ, ह्याभियर मारियोना, दोभ कारिनो र कप्तान सान्द्रो रेयेसले गोल गर्नुभयो ।
जितसँगै फिलिपिन्सले तीन खेलबाट ६ अङ्क बनाएको छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउने छ ।