• २५ भदौ २०८२, बुधबार

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

blog

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

काठमाडौँ, भदौ २५ गते । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन समेत आग्रह गरिएको छ  । 

प्राधिकरणले विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायु सेवा निगममा सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन अनुरोध गरेको छ । 

यसअघि प्रवक्ता शेर्पाले विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द रहने जानकारी दिनुभएको थियो ।