• २५ भदौ २०८२, बुधबार

स्पोर्ट्स अवार्ड स्थगित

blog

काठमाडौँ, भदौ २५ गते । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भदौ २९ गते पोखरा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम स्थगित गरिएको छ । 

देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण अवस्था सामान्य नभएकोले स्पोर्ट्स अवार्ड आयोजना गरिनु सान्दर्भिक नहुने भन्दै स्थगित गरिएको मञ्चका महासचिव अन्जन खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

यसअघि मञ्चले अवार्डका लागि विभिन्न विधाका खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिसकेको थियो । मञ्चले हरेक वर्ष खेलाडी, प्रशिक्षक र खेल क्षेत्रमा संलग्न व्यक्तिलाई विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आएको छ ।