• १६ भदौ २०८१, आइतबार

दस अर्बको ऋणपत्र निष्कासन हुँदै

blog

काठमाडौँ, भदौ १२ गते । सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ ।

कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् । 

सरकारले आन्तरिक ऋण उठाउनका लागि यस किसिमका ऋणपत्र निष्कासन गर्ने गर्छ ।