• १६ भदौ २०८१, आइतबार

बाढीले क्षतिग्रस्त नेशनल हाइड्रो मर्मत गर्न ३० करोड लाग्ने अनुमान

blog

नेशनल हाइड्रोपावर कम्पनीको पावर हाउस स्विचर्याडमा बाढी पसेर क्षतिग्रस्त अवस्था । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, भदौ १२ गते ।
बाढीले क्षतिग्रस्त नेशनल जलविद्युत आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढि रकम लाग्ने अनुमान निकालिएको छ । नेपालीहरुको मात्र लगानीमा निर्माण भई विद्युत उत्पादन गरिरहेको ७ दशमलव ५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको भीषण बाढीले क्षतिग्रस्त बनाएको थियो ।

बाढीले आयोजनाको पावर हाउसको स्विचयार्ड लगायतका संरचना क्षति पुर्‍याएको थियो । आयोजनाको स्टेसन म्यानेजर इन्जिनियर बसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रुपमा पावर हाउस लगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको पीडा सुनाउनुभयो ।

२०७८ असार १ गतेको याङग्री लार्केको भीषण बाढीले भे्रमाथाङदेखि सोहोर्‍याएर ल्याएको गे्रगानले बगरलाई धेरैमाथि उठाएपछि सामान्य बाढी पनि उक्त हाइड्रोमा पस्ने गरेको थियो । तर गत असार ३१ गते रातीको भीषण बाढी सो आयोजनाको पावर हाउस स्विचर्याड लगायतको संरचनामा पसेर क्षतिग्रस्त बनाएको कर्णले बताउनुभयो । बाढीले ठुला–ठुला ढुङ्गा, गे्रगान माटोलगायतका बस्तु पावर हाउसभित्र पसेको छ । त्यसकारण सामान्य बाढी पनि पावर हाउस पस्ने गरेको छ ।

उक्त क्षतिग्रस्त आयोजनामा पसेको बाढीले थोपरेको ढुङ्गा, गे्रगान लगायतका बस्तु पन्छाउन र मेलम्ची पेट्रोलपम्प नजिकैको ट्रसमिसन लाइनको टावरलाई क्षति पुगेको कारण आयोजना जोखिममा रहेको छ । अहिले आयोजनालार्य अस्थायी व्यवस्थापन गरी सञ्चालन गरिएको छ । तर सामान्य वर्षातले बाढी आएपछि पावरहाउसको स्विचर्याडमा बाढी पस्ने गरेको छ । बाढीले क्षति पु¥याएको संरचना मर्मतसुधार गर्न ३० देखि ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको कर्णको भनाइ छ ।

आयोजना एक महिना बन्द हुदाँ झण्डै सवाँ दुई करोड नोक्सानी व्यहोर्नु परेको आयोजनाले जनाएको छ । साथै ड्याम क्षेत्र आउजाउ गर्ने सडकको भाग पनि बाढीले बगाएको छ । अहिले पनि निरन्तरको वर्षातले बाढीले सो आयोजनालाई निरन्तर क्षति पु¥याउँदै आएको छ । जोखिम मोलेरै प्राविधिकहरुले अहिले पनि विद्युत उत्पादन गरेका छन् । बाढीले ल्याएको चट्टान जिलेटिनले ब्लाष्ट गरी स्क्याभेटर प्रयोग गरेर ड्यामबाट पानी अस्थायी रुपमा सुरङमा प्रवेश गराइएको छ ।

बेला–बेलामा आएको बाढी पावर हाउसको स्विचर्याडमा पस्ने भएकाले समस्या भइरहेको कर्णले बताउनुभयो । स्विाचर्याडमा पानी पसेकाले त्यहाँ बसेर काम गर्न प्राविधिक र कर्मचारीको ज्यान अति जोखिममा छ । हाल उसले ६ दशमलव ८ मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको छ । तत्कालका लागि नदीको बाढी नियन्त्रण गर्न ग्याबिन, बाल लगाएर काम गरिँदै आइरहेको छ । त्यसकारण अलि ठुलो बाढी पसेमा आयोजनासहित त्यहाँ कार्यरत प्राबिधिक र कर्मचारी खतरामा पर्ने छन् ।