स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेप्से परिसूचकमा सामान्य सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।
अन्तरपालिका मेयर कप फुटबल हुने
गोदावरी नगरपालिकाको आयोजनामा वैशाख २० देखि जेठ ३ गतेसम्म उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल हुने भएको छ ।
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा
दक्षिण कोरियाको प्रमुख विपक्षी दलले आफ्ना पूर्व नेता ली जाए–म्युङलाई आगामी जुन महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारका रूपमा घोषणा गरेको छ ।
ट्रम्पको चेतावनीपछि ग्रीनल्यान्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्यान्डका नवनिर्वाचित प्रधानमन्त्रीले आइतबार डेनमार्कको पहिलो औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।
अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउनुभएको छ।
वनमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर जले
जिल्लाको काल्चे सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट भएको छ ।
पृथ्वीराजमार्ग विस्तार : दमौलीमा दोस्रो चरणको कालोपत्रे
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा दोस्रो चरणको कालोपत्रे धमाधम भइरहेको छ ।
सात वर्ष बित्दासमेत सञ्चालनमा आएन ‘महेन्द्रनगर सभागृह’
पटक–पटक म्याद थप्दै बनेको ‘महेन्द्रनगर सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौ समय लगाएर आठ करोड ५१ लाख रुपियाँमा निर्माण गरिएको सिटी हल (सभागृह) सञ्चालन र व्यवस्थापन गर्न स्थानीय सरकारले समयमै आवश्यक कार्यविधि नबनाउँदा अन्यौलता देखिएको हो ।
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु सङ्घको आयोजनामा आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
कांग्रेस सहमहामन्त्री यादवद्वारा झूठा आरोप लगाउनेलाई कारबाहीको माग
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमार्फत झूठो वक्तव्य दिएर नेपाली जनतालाई भ्रमित पार्न खोजेको दाबी गर्नुभएको छ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री यादवले गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट घटनामा कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनेर कांग्रेसलाई बदनाम गर्न खोजिएको दाबी गर्दै उहाँले यस्ता प्रमाणविनाको झूठा आरोप लगाउनेलाई कारवाहीको माग समेत गर्नुभएको हो।
राष्ट्रिय पुरुष तथा महिला हक्कीको तयारी
नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ ।
‘सबैको मिलेर सुदूरपश्चिमको विकासमा हातेमालो गरौं’
बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय राजधानी काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आ.व. २०८२/०८३ को सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरु विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
नेपाल पुलिस क्लब प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।
दार्चुलामा भूकम्पको धक्का महसुस
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते
सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
प्रचण्डद्वारा बाँकेमा राप्ती नदीको कटान र तटबन्धको स्थलगत निरीक्षण
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गर्नु भएको छ ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म बमोजिम आगामी बजेट आउनुपर्छ’
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिनुभएको छ ।
लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
कांग्रेसको प्रदेश महामन्त्री सवार गाडी भारतमा दुर्घटना
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहनुभएको छ ।
सुदूरपश्चिमकाे मानव विकास सूचकाङ्कमा सुधार ल्याउनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
लिफ्टिङ प्रविधिमार्फत काभ्रडाँडामा ‘एक घर, एक धारा’
खानेपानीको चरम अभाव झेलेको बागलुङ नगरपालिका-१३ पैयुँपाटा काभ्रडाँडाका स्थानीयहरूका लागि ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याइएको छ ।
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा
सशस्त्र प्रहरी जवान विजय जंङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो ।