काठमाडौँ, वैशाख १४ गते । नेपाल पुलिस क्लब प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।
सातदोबाटोस्थित कराते एकेडेमीमा भएको प्रतियोगितामा पुलिसले नौ स्वर्ण, एक रजत र दुई कास्यंसहित १२ पदक जितेर च्याम्पियन बनेको हो । सशस्त्र प्रहरी बल (एपिएफ) क्लब दोस्रो भयो। उसले चार स्वर्ण, ६ रजत र तीन कांस्य गरी १३ पदक जित्यो ।
त्रिभुवन आर्मी क्लब तीन स्वर्ण, ६ रजत रदुई कांस्यसहित तेस्रो भयो । बागमती, कोशी र मधेश प्रदेशले समान एक एक स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको अन्तिम दिन ६८ केजी माथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदक जित्नुभयो । उहाँले लुम्बिनीकी दिया थापालाई ९–० ले सजिलै हराउनुभयो ।
महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले सोनु श्रेष्ठलाई १६–८ ले हराउँदै पहिलो हुनुभयो । महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९–३ ले पराजित गर्नुभयो ।
यस्तैपुरुष ७५ केजी मुनि पुलिसका राजीव पुडासैनी आर्मीका सिब्बु ओडलाई हराउँदै पहिलो हुनुभयो । ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जित्नुभयो फाइनलमा उहाँले कोशी प्रदेशका दीपेश राईलाई हराउनुभएको थियो ।
उपाधिसँगै टिम च्याम्पियन पुलिसले दुई लाख, एपिएफले एक लाख र आर्मीले ५० हजार रुपियाँ पुरस्कार पायो । यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमतीले आयोजना गरेको तीन दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी एक सय ६१ खेलाडीको सहभागिता रहेको थियो ।
पुरुषतर्फ १० र महिलातर्फ नौ गरी १९ स्पर्धामा समावेश गरिएको थियो । विजेतालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो ।