काठमाडौँ, वैशाख १४ गते । सशस्त्र प्रहरी जवान विजय जङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी जवान विजय जंङ्गम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्दार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्दार गर्नसक्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन भइरहेको छ ।