पर्यटक लोभ्याउँदै बागलुङकाे झोलुङ्गे पुल
बागलुङ बजार छेवैमा रहेको संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा दैनिक सयौँ पर्यटक घुम्न आइपुग्छन् ।
आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या
गुल्मीमा आफ्नै भवन नभएका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टलाई कार्यसम्पादनमा समस्या आउने गरेको पाइएको छ । आफ्नै भवन नहुँदा यहाँका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टको कतै आफैँ र कतै स्थानीय तहको समन्वयमा भाडामा बसेको देखिएको छ ।
सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्र वटा भैँसी मरे
सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भँैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
आठ वर्षसम्म पनि कारागार नबन्दा प्रहरीलाई झमेला
नवलपुर जिल्लाले विगत आठ वर्षदेखि भोगिरहेको अर्को एउटा प्रमुख समस्या हो कारागार । जिल्लामा एउटा पनि कारागार छैन ।
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरूले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताउनुभएको छ ।
बाँके खजुराको एउटै वडामा १६ जना क्यान्सरका शङ्कास्पद बिरामी भेटिए
बाँकेको खजुरा गाउँपालिकाको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् । खजुरा २ सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १६ जना महिलामा पाठेघरको क्यान्सर देखिएको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
बर्दियाको गुलरिया नगरपालिका-८ मा रहेको सर्जु मतङ्गा सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ ।
बागलुङ–बेनी सडक मर्मत योजना सुरु
बागलुङ– बेनी सडक मर्मत थालिएको छ । कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–बेनी सडकको वैकल्पिक सडकका रूपमा रहेको बागलुङ–बेनी सडकलाई सडक बोर्डको बजेटबाट मर्मत योजना सञ्चालन गरिएको हो ।
राजपुर नगरपालिकाकाे रातो बाँदर नियन्त्रण अभियान
रौतहटको राजपुर नगरपालिका कार्यालयले रातो बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बिबिसीलाई औपचारिक पत्र
भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा
निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।
ट्रम्पको व्यापार नीतिमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू सोमबार ब्राजिलमा भेट्ने छन् ।
गोरखामा एक पुरुषको शव फेला
जिल्लाको गोरखा नगरपालिका–११ स्थित प्रन्ध किलोमा एक पुरुषको शव फेला परेको छ ।
शिक्षक आन्दोलनको दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग
सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
झापामा एक होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय बालकको मृत्यु भएको छ ।
टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु
रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने वर्ष २९ का आयुष गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सुनको मूल्य घट्यो
आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम
हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।
एएफपीपीडी महासभामा सांसद गौचन युवा समितिको अध्यक्षमा निर्वाचित
काठमाडौँ, वैशाख १५ गते । नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।एएफपीपीडी एसिया– प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समिति एनसिएस का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।थकालीको निर्वाचनले जनसङ्ख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तीकरणको क्षेत्रमा उहाँले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उहाँले विभिन्न मञ्चमा जलवायु सङ्कटको आवाज बुलन्द गर्दै, दिगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको नेतृत्वले एसिया प्रशान्त क्षेत्रका युवाहरूलाई दिगो भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न अझ उत्प्रेरित गर्ने विश्वास गरिएको छ।
दुर्घटनामा तीन सय कुखुरा मरे
अर्जुन काफ्ले स्याङ्जा, वैशाख १५ गते । भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना भएको छ ।दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो । बोईलर कुखुरा बोकेको उक्त जिपमा रहेका ४५० कुखुरामध्ये तीन सय मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताउनुभयो ।
कुचो बेचेर घर खर्च चलाउने हुमकला
गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनु भएको छ ।