• १५ वैशाख २०८२, सोमबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख १५ गते ।
झापामा एक होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय बालकको मृत्यु भएको छ ।  आइतबार साँझ भद्रपुर नगरपालिका वडा नम्बर ८ एयरपोर्ट नजिकै रहेको होटल उडल्यान्डको स्विमिङ पुलमा डुबेर भारत किसनगञ्ज झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु गोस्वामीको ज्यान गएको हो । भारतबाट नेपाल घुम्न सपरिवार भद्रपुर आएका थिए । 

पौडी खेल्ने क्रममा डुबेर घाइते बनेका बालक गोस्वामीलाई तत्कालै उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।