चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
हावाहुरीले उडायो घर गोठको छाना
ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा स्थानीयको घर तथा गोठमा क्षति गरेको छ । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बढी क्षति गरेको हो ।
कर्मचारी माग्न काठमाडौँ
उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको भन्सार कार्यालयलाई चुस्त र सशक्त बनाउने माग गर्दै ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष काठमाडाैँ पुग्नुभएको छ ।
अपराध नियन्त्रणमा दुईदेशीय समन्वय
भारतको बिहारस्थित सुपौल जिल्ला वीरपुरमा भारत नेपाल सीमावर्ती जिल्लास्तरीय समन्वय समितिको बैठक हालै सम्पन्न भएको छ । नेपालको सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख पदाधि
आगलागी छानबिन गर्न समिति गठन
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट बहिरङ्ग (ओपिडी) भवन र प्रयोगशालामा प्रयोग हुने विभिन्न रसायनलगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि सेवा बन्द गरिएको छ ।
बसको ठक्करबाट एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैंडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारले सडक कालोपत्रे गर्दै
बागमती प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएको छ । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने सडक कालोपत्रे हुने भएको हो । तामाकोशी गाउँपालिका–१, भिरकोट हुँदै वैत्यश्वर गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखामार्फत दुई मुख्य सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको छ । पूर्वाधार कार्यालयले १६ करोड १० लाख रुपियाँको बजेटमा टेन्डर आह्वान गरेको हो
पुरानै स्वरूपमा फर्काइँदै बटौली बजार
बुटवलको पुरानो एवं ऐतिहासिक ‘बटौली’ बजार पुरानै स्वरूप झल्किने गरी पुनर्निर्माण गरिने भएको छ ।
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका – १ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ भने पालुङटार नगरपालिकाका – ७ का ५० वर्षीय सुक माया आले र उहाँकी बुहारी १८ वर्षीय बिपना आले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
म्याद थपेको थप्यै, सडक अलपत्र
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बर्दियाको २७ किलोमिटर लामो सडक अलपत्र परेको छ ।
तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार
यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ ।
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी
यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ ।
शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ ।
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
औलोको जोखिम कायमै
कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये आठ वटा वडा औलोको जोखिममा रहेका पाइएको छ ।
सेवाग्राहीबिनै सार्वजनिक सुनुवाइ
जिल्लामा सरकारी कार्यालयहरूद्वारा संयुक्त रूपमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सेवाग्राहीबिनै सञ्चालन भएको छ ।
दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ ।
भवनको जग खन्दा सडकमा पहिरो
कालीकोट जिल्ला सदरमुकामसमेत रहेको मान्मबजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ ।
सय वर्ष पुरानो झोलुङ्गे पुल जोखिमपूर्ण
जाजरकोट र रुकुमपश्चिम जोड्ने एक सय वर्ष पुरानो पुल जीर्ण भएको छ ।
विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत
नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ ।
चुस्त स्थानीय प्रशासन
सूचना प्रविधिले विश्व मानव समाजलाई अति धेरै सुविधा प्रदान गर्न थालेको छ ।
हाम्रो देश हामी नै बनाऔँ
एमाले संसदीय दलको शनिबार भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम कम्प्याक्ट च्यालेन्ज (एमसिसी)’ अमेरिकाले नै बन्द गरेकाले अब देश बनाउन हामी नै अग्रसर हुनुपर्ने बताउनुभयो ।
युवाशक्तिको सिर्जनात्मक उपयोग
नेपाल एक सुन्दर, सांस्कृतिक रूपले समृद्ध र विविधतायुक्त राष्ट्र हो तर विकासको गति सुस्त हुँदा यहाँको सबैभन्दा ऊर्जाशील वर्ग युवाशक्ति रोजगारीको खोजीमा बिदेसिने बाध्यतामा छन् ।