धुलाम्मे खेलमैदानमा फुटबल प्रशिक्षण
हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्न बाध्य हुँदै आउनुभएको छ । फुटबलको अभ्यास र तालिम लिनका लागि रङ्गशाला व्यवस्थित नहुँदा साना साना खेलाडी धुलाम्मे र ढुङ्गा माटो भएको मैदान खेल्दै आउनुभएको हो ।
यू–१९ महिला क्रिकेट टोलीको विदाइ
मलेसियामा यही जेठ २० देखि २५ गतेसम्म अयोजना हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पनि भाग लिने भएको छ ।
पारा एथलेटिक्समा निशान र चन्द्रमालाई स्वर्ण
निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा हाेचा पुड्कातर्फ पहिलो हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशानले पुरुष दुई सय मिटर दौड र चन्द्रमाले महिला एक सय मिटर दौडमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषतर्फ देवराज घिमिरे दोस्रो र मानबहादुर श्रेष्ठ तेस्रो हुनुभयो । महिला एक सय मिटरतर्फ सिर्जना सेन्चुरी दोस्रो र छोरीमाया थापा तेस्रो हुनुभयो ।
स्कटल्यान्डमा हुने आईसीसी लिग–२ को खेल तालिका सार्वजनिक
आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।
ज्ञान टाइगरलाई बास्केटबल उपाधि
पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि ज्ञान टाइगरले जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा सोमबार भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ अंकले हरायो ।
अशोक उत्कृष्ट निर्णायक
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन विश्व ¥याङकिङ जी–२ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो ।
झापा फुटबल क्लब ‘बी’ डिभिजनमा
झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।
नेपाली क्रिकेट टोली अमेरिकामा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ ।
गुजरात डेब्युमै च्याम्पियन
नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।