पारा जुडोमा प्रशान्तलाई स्वर्ण
प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ ।
तामाङलाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि
१७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि तीर्थबहादुर तामाङले जित्नुभएको छ
कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाइने
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्व ४६ करोड बजेट
सरकारले आर्थिक बर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा पेश गर्नुभएको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याईएको बजेट अघिल्लो बर्षको भन्दा २८ करोडले कम हो ।
नेपाल र टिमोर लिस्टेको बराबरी
एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेको यू–२३ टोलीसँग बराबरी खेलेको छ । दोहामा शनिबार राति भएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।
लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन
युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । पेरिसमा शनिबार राति भएको यस सिजनको फाइनलमा इङ्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
पारा साइक्लिङमा रामचन्द्र र गोपाल पहिलो
रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो हुनुभएको हो ।
कातामा रेहान र रसुगीलाई स्वर्ण
नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण जित्नु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा रेहान पुरुष तथा रसुगी महिलामा पहिलो हुनुभएको हो ।
यू–१९ महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि नेपाली अन्तिम टोलीको घोषणा गरेको छ ।