• ७ जेठ २०८१, सोमबार

करातेमा देउराली टिम च्याम्पियन

blog

करातेको टिम च्याम्पियन देउराली डोजोलाई ट्रफी प्रदान गरिदै । तस्बिर : राखेप

काठमाडौं, जेठ १५ गते । नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, ६ रजत र ४ कांस्यमा भारतको टिम एमपीले तेश्रो स्थानमा चित्त बुझायो । प्रतियोगिताको पुरुषमा नेपालका सुशान्त हुमागाईं तथा महिलामा भारतकी सोनम विकी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुदूरपश्चिम प्रदेश अनुशासित टिम चुनियो भने मार्च पास्टमा रुपेन्देही अब्बल रह्यो ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगितामा नेपालसहित चार देशका १ हजार खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।