एफए कप : चेल्सीलाई हराउँदै लिभरपुल च्याम्पियन
एफ एक कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई टाइब्रेकरमा ६–५ गोलले हरायो ।
एमेच्योर सुवासलाई उपाधि
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा सुवासले प्रो सुक बहादुर राई र भुवन नगरकोटलाई सात स्ट्रोकले पछि पार्नुभयो ।
बलियो हुँदै नेपाली क्रिकेट
जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त शृङ्खला थिएन । नेपाल आउने जिम्बाब्वेको ‘ए’ टिममा स्टार खेलाडी पनि थिएनन् तर आठ जना त्यस्ता खेलाडी थिए, जसले जिम्बाब्वेको राष्ट्रिय टिमबाट टेस्ट अथवा एकदिवसीय खेल खेलिसकेका थिए । त्यसैले घरेलु मैदानमा नै भए पनि जिम्बाब्वेको चुनौती पार गर्न नेपाललाई कठिन हुने अनुमान गरिएको थियो तर नेपालले आफ्नो भूमिमा जिम्बाब्वे ‘ए’लाई शृङ्खला जित्न दिएन । वर्षाका कारण दुई खेल मात्र सम्भव भएको तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–१ ले बराबरीमा रोकियो तर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पारेर यस शृङ्खलालाई अविष्मरणीय बनायो । जिम्बाब्वे ‘ए’ टिमलाई हराएपछि नेपालको प्रशंसा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो
स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले हरायो ।
म्यानचेस्टर सिटी उपाधि मुखमा
वल्भ्समाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि मुखमा रहेको छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ५–१ गोलले हरायो ।
इन्टर मिलानलाई कोपा इटालिया उपाधि
इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो ।
नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग टी–२० खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको जानकारी दिएको हो ।
टुर च्याम्पियनसिप गल्फमा सुवासको एक्लो अग्रता
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको तेस्रो दिन बुधबार एमेच्योर गल्फर सुवास तामाङले एकल अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुवासले बुधबार तीन अन्डर ६९ खेल्नुभयो । उहाँको कूल १५ अन्डर २०१ स्कोर छ ।