युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट
विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोलले हराउँदै वेल्स फिफा विश्वकपमा छनोट भएको छ । कार्डिफमा आइतबार राति भएको खेलमा युक्रेनलाई स्तब्ध बनाउन वेल्सका ग्यारेथ बेल नायक बन्नुभयो ।
एसियन गेम्स : महिला फुटबलको तयारी मंगलबारदेखि
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चीनमा हुने एसियन गेम्सक लागि नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु गर्ने भएको छ । राखेपले सोमबार प्रशिक्षणका लागि ४० जना खेलाडी बोलाएको छ ।
म्याराथन धावक श्रेष्ठ गृहजिल्लामा सम्मानित
गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ ।
नाडाललाई कीर्तिमानी फ्रेन्च ओपन उपाधि
फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जित्नुभएको छ । विश्व वरीयताको पाँचौं स्थानमा रहनुभएका नाडालले फाइनलमा आठौं वरियताका नर्वेका खेलाडी कास्पेर रुडलाई ३–० को सोझो सेटमा हराउनुभयो ।
मेस्सी एक्लैको पाँच गोल
कप्तान लियोनल मेस्सी एक्लैले पाँच गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५–० गोलले हराएको छ ।
भुटानमाथि नेपालको जित
आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा जारी छनोट खेलमा सोमबार नेपालले भुटानलाई चार विकेटले हरायो ।
माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा
नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
काठमाडौ मेट्रो चेसमा पुरुषोतम च्याम्पियन
नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जित्नुभएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजना गरेको प्रतियोगितामा पुरुषोतम ७१ प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बन्नुभएको हो ।
वडा अध्यक्ष कप फुटबल बिहीबारदेखि
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।