• ७ जेठ २०८१, सोमबार

काठमाडौ मेट्रो चेसमा पुरुषोतम च्याम्पियन

blog

मेट्रो चेस उपाधि विजेता खेलाडी । तस्बिर सौजन्य : नेकोस

काठमाडौं, जेठ २२ गते । नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जित्नुभएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजना गरेको प्रतियोगितामा पुरुषोतम ७१ प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बन्नुभएको हो । 

दुई दिने प्रतियोगितामा उहाँले शतप्रतिशत नतिजा निकाल्नुभएको थियो । आइतबार सम्पन्न प्रतियोगितामा पुरुषोतमले सात खेलबाट सात अंक जोड्दै सातै हजार रुपियाँ पुरस्कार पाउनुभयो । ६ अंक बटुल्नुभएका कुशल बेलबासे दोस्रो र पुर्णिमा गुरुङ तेस्रो हुनुभयो ।

दोस्रोलाई पाँच हजार र तेस्रो हुनेलाई चार हजार रुपियाँ पुरस्कार प्रदान गरियो । बर्दियाका निशान्त श्रेष्ठ चौथो र कपिल घिमिरे पाँचौं बन्दै जनही दुई हजार रुपियाँ प्राप्त गर्नुभयो । काठमाडौंकी मार्शल तामाङ सात खेलबाट पाँच अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित हुनुभयो । अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समूहमा क्रमशः पहिलो र दोस्रो तथा १० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर पहिलो हुनुभयो । 

विजेतालाई नेकोसका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा.राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य एवं अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी लगायतले पुरस्कार प्रदान गर्नुभयो ।