• ७ जेठ २०८१, सोमबार

म्याराथन धावक श्रेष्ठ गृहजिल्लामा सम्मानित

blog

म्याराथन धावक नारायण श्रेष्ठ ।

रमेश विश्वकर्मा

गुल्मी, जेठ २३ गते । गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ । धावक श्रेष्ठ कुवे स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथन प्रशिक्षक समेत हुनुहुन्छ । 

गृहजिल्ला फर्किनुभएका श्रेष्ठलाई सोमबार जिल्ला खेलुकद विकास समिति गुल्मीले सम्मान गरेको  हो । सम्मान कार्यक्रममा सहभागि नेपाली कांग्रेसका नेता छन्द पहराईले श्रेष्ठ म्याराथन दौडमा अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएर आएको भन्दै जिल्लाबासीलाई गौरव लागेको बताउनुभयो । 

खेलकुद विकास प्रदेश समिति सदस्य भरत थापालगायतले श्रेष्ठले गुल्मी जिल्लाको विना खर्च देशक लागि गौरव वढाएको बताउनुभयो । धावक श्रेष्ठले विभिन्न मुलुकमा भएका अन्तर्राष्ट्रिय म्याराथनमा उपाधि जित्नुभएको छ ।

उहाँले सन् २०१८, २०१९ र २०२० मा लगातार तीन पटक एयुएमको उपाधि जित्नुभएको थियो । उहाँले दूवई र स्पेनमा भएको अन्तर्राष्ट्रिय स्पर्धामा पनि पदक जित्नुभएको छ । छिमेकी जिल्ला अर्घाखाँचीको खनदह स्थित तत्कालिन आदर्श उच्च मविबाट उच्च शिक्षा पूरा गर्नुभएका श्रेष्ठले राष्ट्रपति रनिङ शिल्ड हुँदै जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै जानुभएको थियो ।