• ७ जेठ २०८१, सोमबार

नाडाललाई कीर्तिमानी फ्रेन्च ओपन उपाधि

blog

फ्रेन्च ओपन उपाधिसहित राफेल नाडाल । तस्बिर : एएफपी

काठमाडौं, जेठ २३ गते । फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जित्नुभएको छ । विश्व वरीयताको पाँचौं स्थानमा रहनुभएका नाडालले फाइनलमा आठौं वरियताका नर्वेका खेलाडी कास्पेर रुडलाई ३–० को सोझो सेटमा हराउनुभयो । नाडालले ६–३, ६–३, ६–० को नतिजा निकाल्नु भयो ।

नाडालको यो कीर्तिमानी १४औं फ्रेन्ज ओपन उपाधि हो । यसबर्ष दुई वटा ग्रान्डस्लाम उपाधि चुम्न सफल नाडालले गत जनवरीमा अस्ट्रेलियन ओपन जित्नुभएको थियो । यससँगै नाडाल सर्वाधिक २२औं ग्रान्डस्लाम उपाधि चुम्ने कीर्तिमानी खेलाडी बन्नुभएको छ ।

नाडालले सर्वाधिक धेरै ग्रान्डस्लाम उपाधि चुम्ने लक्ष्यमा रहनुभएका रोजर फेडेरर र नोभाक जोकोभिच भन्दा दुई उपाधि अगाडि हुनुहुन्छ । दोस्रो स्थानमा रहन सफल फेडेरर र जोकोभिचले समान २० ग्रान्डस्लाम उपाधि जित्नुएको छ । एजेन्सी