• ७ जेठ २०८१, सोमबार

मेस्सी एक्लैको पाँच गोल

blog

गोल गरेपछि लियोनल मेस्सी ।

काठमाडौं, जेठ २३ गते । कप्तान लियोनल मेस्सी एक्लैले पाँच गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५–० गोलले हराएको छ । स्पेनमा आइतबार राति भएको खेलमा अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर टोली इस्टोनियाविरुद्ध एक पक्षीय प्रदर्शन गरेको थियो ।

अर्जेन्टिनालाई जिताउन सबै गोल मेस्सीले गरेको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीमार्फत खाता खोल्नुभएको थियो । उहाँले ४५औं र ४७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । मेस्सीले ७१औं र ७६औं मिनेटमा गोल गर्दे अर्जेन्टिनालाई फराकिलो जित दिलाउनुभयो ।

यससँगै अर्जेन्टिनाले ३३औं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । गत बुधबारमात्र अर्जेन्टिनाले इटालीलाई ३–० गोलले हराउँदै  ‘फाइनालिस्सिमा’ कप जितेको थियो । एजेन्सी